ओलीले उद्घाटन गरे एमालेको ६१ जिल्लाको अधिवेशन
२३ पुस, काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उद्घाटन गरेका हुन् ।
एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। एमालेका ६१ जिल्ला अधिवेशन आज हुँदैछ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने एमालेले जनाएको छ ।
एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सर्कूलर जारी गरेको छ । एमालेको विधान अनुसार जिल्ला कमिटी दुई अधिवेशन बीचको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र पार्टीको मुख्य कार्यकारी संस्था हो । जिल्ला अधिवेशनले अध्यक्ष- १, उपाध्यक्ष- १, सचिव- १, उपसचिव- २ र उपधारा ३ मा उल्लिखित अधिकतम् संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको जिल्ला कमिटी निर्वाचन गर्नेछ । जिल्ला मातहतका पालिका इलाका कमिटीका अध्यक्षहरू जिल्ला कमिटीका पदेन सदस्य हुनेछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply