त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द, स्वागत र विदाइमा नआउन आग्रह
२७ पुस, काठमाडौं । कोभिड-१९ को बढ्दो संक्रमणसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । कोभिड-१९ को जोखिम समेतलाई मध्यनजर गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको छ ।
यस्तै, विमानस्थल कार्यालयले अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नजान आग्रह गरेको छ । यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआइदिन यस कार्यालयबाट पटक-पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कोभिड-१९ का विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरूमा कोभिड-१९ तीव्र रूपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरियन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरूलाई बचाउन विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिनुहुन विशेष अनुरोध गरिन्छ ।
साथै, हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूणर् मापदण्डहरूको परिपालना गरी/गराई मात्र दैनिक हवाई सेवा सञ्चालन गर्न र गराउन सबै सरोकारवालाहरूलाई उड्डयन कार्यालयले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply