सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्षलाई दलियाे मोसो
३० पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई मोसो दलेका हुन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निणर्य गरेको थियो ।
बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निणर्यमा पनि शर्माले
फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
मन्त्रीसँगको छलफलमा मेडिकल सञ्चालकले भने, होस्टेल शुल्क फिर्ता गर्दैनौं
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ । शुल्क फिर्ता गर्दैनौं । यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ छलफलमा उनले भने । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए ।
छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । सो कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ । पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply