प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
६ माघ, काठमाडौं । सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच बिहीबार बालुवाटारमा संवाद भएको छ।
बिहीबार अपरान्ह बस्ने संयन्त्र बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच साँझ भेटवार्ता भएको हो।
बिहीबार ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएपछि देउवा, प्रचण्ड र नेपालबीच संघीय, प्रदेश र स्थानीय तह निर्वाचनबारे छलफल भएको हो।
अध्यक्ष नेपाललाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। उनी कोरोना संक्रमण भएपछि पहिलो पटक दुई नेतासँगको बैठकमा बालुवाटार पुगेका हुन्।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कोरोना संक्रमणमुक्त भएपछि नेता नेपाल शीर्ष तहको भेटमा बिहीबारदेखि सहभागी भएका हुन्। मल्लले गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटार बस्ने भएको छ।
अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार संयन्त्र बैठकको पूर्व तयारीका लागि तीन नेताबीच वार्ता भएको हो।
तीन शीर्ष नेताहरुबीचको छलफलपछि शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ।
प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख-जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन्।
तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्।
उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply