कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् ।
कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ । कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । संसदीय दलको नेता देउवा आफैं भएकाले कांग्रेसको कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
कार्यसम्पादन समितिमा सभापति देउवासहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई पनि समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।
केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply