कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् ।
कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ । कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । संसदीय दलको नेता देउवा आफैं भएकाले कांग्रेसको कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
कार्यसम्पादन समितिमा सभापति देउवासहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई पनि समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।
केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply