एमसीसी रोक्न संसद बैठक स्थगित !
१६ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदमा अगाडि बढाउनबाट रोक्न आइतबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरेको पाइएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार अपरान्ह पौने पाँच बजे साँझ नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । तर यति तयारी गरेर पनि शनिबार साँझ प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरियो ।
संघीय संसद सचिवालयले जारी गरेको सूचनामा कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै बैठक स्थगित गरेको उल्लेख गरेको छ । तर शनिबार साँझको सत्तारुढ गठबन्धनको बैठक र त्यहाँ भएको छलफलपछि बैठक स्थगित गरेको गठबन्धनका नेताहरु बताउँछन् ।
गठबन्धनका नेताहरुका अनुसार आइतबारकै बैठकमा एमसीसी सम्झौता अघि बढाउने प्रधानमन्त्रीको चाहनालाई रोक्नका लागि नै संसद बैठक स्थगित गरिएको हो ।
शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल भएको थियो ।
नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने समय घर्किन लागेको बताएका थिए । उनले फेब्रुअरी १ अर्थात माघ १८ गतेसम्म अनुमोदन गर्नुपर्ने भन्दै गठबन्धनका दलहरुको सहयोग मागेका थिए ।
तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुखमार्फत संसद बैठक नै स्थगित गर्न लगाएका हुन् । सभामुख सापकोटा नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीले एमसीसी अनुमोदन गर्न दबाव दिएकै कारण प्रतिनिधिसभाको बैठक सार्न लगाइएको स्वीकार गर्छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply