देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव : एमसीसीबारे चुनावपछि मात्र छलफल गरौं
२३ माघ, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन् । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावपछि मात्र छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए । उहाँले सामुन्नेमा चुनाव छन् । त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्मा पेस गरौं त्यो उचित हुन्छ भन्नुभयो फेरि संसद् सञ्चालनमा सहयोग गर्नुस् पनि भन्नुभयो, पोखरेलले भने ।
प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र प्रचण्ड दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिणर्ित नबस्ने बताएका थिए । अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिणर्ित रहँदैन, हामी आफ्नो स्पष्ट निणर्य गर्छौ, महासचिव पोखरेलले भने ।
उनले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको बताए । ‘यो सरकारले अघि बढाउनुपर्ने विषय हो, त्यसैले पहिले सत्तापक्षले धारणा सार्वजनिक गरोस् तब हामी बोल्छौं भनेका हौं, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply