वैशाख ३० को निर्वाचन घोषणाविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ
२६ माघ, काठमाडौं । स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
मेयर साहको तर्फबाट सबि हाडाले मंगलबार सर्वोच्चमा रिट पेस गरेका थिए । तर सर्वोच्चले बुधबार उक्त रिट दरपीठ गरिदिएको हाडाले जानकारी दिए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले उनको माग अस्वीकार गरेको हो ।
सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगसँग छलफल गरेर गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य लिएको थियो । यसअघि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply