सभामुख निष्पक्ष नबन्दा संसद भेन्टिलेटरमा गयो : ओली
२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भेन्टिलेटरमा पुगेको बताएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संसद निरर्थक बनेको बताएका हुन् ।
उनले भने, हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई त्यो अवसर दिइराखेको छैन । हाम्रो पार्टीविरुद्ध सभामुख पार्टी फोड्न सक्रिय रहन्छन् । सभामुख प्रतिपक्षविरुद्ध लड्छन् । सभामुखले पदीय मर्यादा ख्याल राखेनन् । संसदको बहुमूल्य समय खेर गयो । भेन्टिलेटरमा पुगेको अवस्थामा छ संसद ।
संसद निकम्मा ढंगले अलोकतान्त्रिक पेलाइका साथ निरर्थक हिसाबले अवरुद्ध भएको उनको भनाइ छ । ‘हामीले निस्कासन गरेका मान्छेहरुलाई कायम राखेर पार्टीलाई षड्यन्त्रपूर्वक फुटाइयो । पार्टी फुटाउने, सरकार गिराउने तत्वहरु, देशविरोधी तत्वसँग चुनावी तालमेल हुँदैन, ओलीले भने, पार्टीमा त्यसता तत्वसँग तालमेल हुँदैन । सामान्यतया निर्वाचन एक्लै लड्छौं । नेकपा एमालेको विजय भए मात्रै देशमा सुशासन र समृद्ध आउँछ । चुनावमा एक्लै लड्छौं ।’
उनले थपे, यो सरकार परमादेशबाट बनेको सरकार हो । गठबन्धनको सरकार बनेको ७ महिना पूरा भएको छ । यी ७ महिनामा नराम्रा कुरा बाहेक केही देख्न पाइएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply