माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो
१ फागुन, काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ।
पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो।
लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो।
त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ।
माधव नेपालसहित १४ सांसदलाई एमालेले गत साउनमा कारबाही गरेको थियो।
तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गरेका थिएनन्।
त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए। त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत रिट दर्ता गराएका थिए।
सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो।
काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply