आजको संसद बैठकमा एमसीसी टेबल नहुने
६ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेका थिए । बैठक एक घण्टामै सकिएको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फागुन ८ गते बिहान १० बजेको बैठकले निष्कर्षमा पुगिने बताए ।
गठबन्धनको बैठकलगत्तै गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग प्रधानमन्त्रीले परामर्श गरेका थिए ।
आज संसद बैठक १ बजे बोलाइएको छ । त्यसैको सन्दर्भमा छलफल गर्न मन्त्रीहरू बालुवाटार गएको अनुमान छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply