एमसीसी संसदमा पेस भएपछि प्रचण्डले भने, हामीले विरोध गरेकै हौं, अझै विपक्षमै उभिन्छौं’
८ फागुन, काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारले विरोध र विवादका बीच एमसीसी संसदमा पेस गरेको बताएका छन् ।
प्रचण्डले संसदमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेश भएपछि आफ्नो बचाउ गरेका छन् । उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै एमसीसी संसदमा लैजानुअघि नै माओवादी केन्द्रले विपक्षमा उभिने निणर्य गरिसकेको जिकिर गरेका छन् । आइतबार अपाह्न सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने पनि बताएका छन् । एसमसीसीको विरोधमा उत्रिएका नेता-कार्यकर्तामाथि भएको ‘प्रहरी दमन’ को विरोध समेत गरेका छन् । साथै, घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
एमसीसी टेबुल गर्नु हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, उनले लेखेका छन् । यसअघि विरोधमा रहेको माओवादी केन्द्र आइतवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी संसदमा लैजान तयार भएको थियो।
संसदमा पनि माओवादी केन्द्रका सांसदहरु कृष्णबहादुर महरा र बिना मगरहरु विरोधमा उत्रिएका थिए। तर अध्यक्ष प्रचण्ड आफैं भने आसनमै रहेर मौन बसेका थिए । संसद बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले संशोधन बिना एमसीसी अघि बढाउन नसकिने भन्दै आफूहरुको मत विपक्षमै रहेको प्रष्टीकरण दिएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply