विश्वकप छनौंट : नेपालले आज क्यानडासँग खेल्दै
९ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।
नेपाल शीर्षस्थानमा रहेको छ । दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।
अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी-२० विश्वकपको लागि छनोट हुनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply