रामचन्द्रलाई प्रचण्डको बचन : गठबन्धन टुट्दैन, एमसीसी प्रक्रियाबाट टुङ्गिन्छ
९ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन बचाउँदै एमसीसी पास गर्न आग्रह गरेका छन् ।
एमसीसी संसदमा टेबुल भइसकेको र सत्ता गठबन्धनभित्र मतभेद भइरहेका वेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा पौडेलले एमसीसी पास गर्न गठबन्धन दल एक ठाउँमा आउनु पर्ने बताएका थिए ।
पौडेललाई प्रचण्डले गठबन्धन बच्ने जवाफ दिएका थिए । उनले गठबन्धन बच्ने एमसीसी प्रक्रियाबाट टुंगिने बताएका थिए । उहाँले गठबन्धन बचाउनु पर्यो । एमसीसीको पनि काम हुनुपर्यो भन्नु भयो, भेटपछि प्रचण्डले भने, गठबन्धन बच्छ । एमसीसी प्रकियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ ।
एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा नै खटपट देखिन थालेपछि पौडेलले गठबन्धनका शीर्ष नेतासँग भेटवार्ता अघि बढाएका हुन् । उनले आज नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसीको पक्षमा नभएको बताएका छन् भने यादवले अझै आधिकारिक धारणा राखिसकेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply