सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिंदै
१२ फागुन, काठमाडौं । सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन थालेको छ । पूणर् खोप लिएर ६ महिना पुगेका १८ वर्ष र त्समाथि उमेरका सबै वयस्कलाई बुस्टर लगाउन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोज खोप बुस्टरका रूपमा लगाउन थालिएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । सरकारले हाल दैनिक लगाइने खोपमध्ये करिब एक तिहाइ बुस्टर डोजको रुपमा लगाइरहेको छ ।
१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजर लगायतका खोपलाई बुस्टरको रूपमा लगाइने दाहालले बताए । हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ । सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन ।
भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्ने सरकारले जनाएको छ । खोप लगाउन जाँदा पूणर् खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । नेपालमा खोप अभियान सुरु भएयता ३ करोड ७१ लाख २१ हजार १९६ डोज खोप लगाइसकेका छन् । अहिलेसम्म नेपालमा एक करोड ७७ लाख ८६ हजार १ सय ३३ जनाले पूणर् र २ करोड १४ लाख १२ हजार ९ सय ८६ जनाले एक डोज खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले खोप अभियान तीव्र बनाएपछि नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएको छ । बुधबार देशभर ३१२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ६९३ जनाको कोरोना परीक्षण गर्दा ३१२ संख्यामा संक्रमित थपिएका हुन् । ५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । बधुबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply