संसद् भवनमा देउवा र ओलीबीच छलफल
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन्।
उनीहरुका बीचमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छलफल भइरहेको छ।
एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा संसद भवनमै रहेको प्रतिपक्षी दलको कार्यालयमा गएका थिए। ओलीसँग भेट्नु अघि उनले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झण्डै आधा घन्टा छलफल गरेका थिए।
सरकारले टेबल गरेको एमसीसीमा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन्।
सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको जानकारी दिएका छन्। उनले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने पनि बताए।
यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने दलहरुबीच सहमति भएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply