प्रतिनिधि सभाको बैठक आज,एमसीसीमाथि छलफल गर्ने कार्यसूची
१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । हिजो बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बिहीबार संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाएका थिए । हिजोको वैठक स्थगित गर्न लगाएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग छलफल गरेका थिए ।
सामुहिक र एकल रुपमा गरिएका छलफल पनि निष्कर्षमा पुगिसकेको छैन । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीचको ‘वान टु वान’ वार्ता पनि निष्कर्षविहीन बनेको छ । ओलीले पुरानै अडान दोहोर्याएका कारण छलफल निष्कर्षविहीन बनेको थियो ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ । आजको संसद् बैठकमा पनि ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply