एमसीसी सकस : कांग्रेस-एमालेबीच आज पनि वार्ता
१४ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ ।
एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा विमति बढेपछि देउवा ओलीसँग नजिकिएका हुन् ।
शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने कांग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । एमालेसँगको छलफलपछि कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको समय दिएको कांग्रेसका एक नेताले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समानान्तर छलफललाई निरन्तरता दिइरहेका छन् । अमेरिकाले दिएको समयसीमा पर्सी १६ गते सकिने भएकाले भोलि बस्ने संसद् बैठकबाटै एमसीसी अनुमोदन गराउने उनको तयारी छ ।
एमालेको माग तत्काल पूरा गर्न जटिल हुने र एमालेसँग मिल्दा जुनसुकै बेला पनि समर्थन फिर्ता लिएर ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न सक्ने देउवालाई डर छ । त्यसैले एमालेसँग निरन्तर छलफल गरे पनि देउवा निचोडमा पुग्न सकेका छैनन् । हिजो र अस्ति लगातार छलफलमा जुटेका कांग्रेस र एमालेबीच आज पनि छलफल हुँदैछ ।
कांग्रेस र एमालेबीच लगातार बैठक हुन थालेपछि झस्किएका माओवादी र एकीकृत समाजवादी पुरानो अडानबाट केही लचिलो भएका छन् । कांग्रेससँगको गठबन्धन टुटेमा आउँदो चुनावमा समेत असर पर्ने भएपछि दुवै दललले मध्यमार्गी विकल्पमा एमसीसी टुङ्ग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निणर्य गरेका छन् । संसद् बैठकमा अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने दुवै दलले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply