गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्रीलाई साथ दिन्छ : सुवास नेम्वाङ
१४ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बताएका छन् ।
गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने तर सकेसम्म चाँडो चुनाव हुनुपर्ने शर्त आफूहरुले प्रधानमन्त्री समक्ष राखेको नेम्वाङले बताएका छन् । एमाले सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उपनेता नेम्वाङले लोकतन्त्र र संविधानविरोधी वर्तमान दुषित सत्ता गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।
नेम्वाङले भने, मुलुक र जनताको लागि दुषित गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर यो भत्किएर हामी सरकारमा जाँदैनौं । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौं, हामी सरकारमा जाँदैनौ । निर्वाचनसम्म सरकार चलाउनुस्, हाम्रो कुनै पनि शर्त छैन तर एउटा कुरा चाहिँ एकदिन पनि चुनाव ढिला गर्न पाउनु हुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाँडै चुनाव गर्नुपर्छ भनेका छौं ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply