गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्रीलाई साथ दिन्छ : सुवास नेम्वाङ

१४ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बताएका छन् ।
गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने तर सकेसम्म चाँडो चुनाव हुनुपर्ने शर्त आफूहरुले प्रधानमन्त्री समक्ष राखेको नेम्वाङले बताएका छन् । एमाले सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उपनेता नेम्वाङले लोकतन्त्र र संविधानविरोधी वर्तमान दुषित सत्ता गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।
नेम्वाङले भने, मुलुक र जनताको लागि दुषित गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर यो भत्किएर हामी सरकारमा जाँदैनौं । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौं, हामी सरकारमा जाँदैनौ । निर्वाचनसम्म सरकार चलाउनुस्, हाम्रो कुनै पनि शर्त छैन तर एउटा कुरा चाहिँ एकदिन पनि चुनाव ढिला गर्न पाउनु हुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाँडै चुनाव गर्नुपर्छ भनेका छौं ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply