गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय
१५ फागुन, काठमाडौं । सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरु एमसीसी अनुमोदनको पक्षमा उभिने भन्दै केपी ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।
देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर दुवै नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए । फेस सेभका लागि संसदबाट एकपक्षीय घोषणा गर्ने गरि एमसीसी पास गर्ने र गठबन्धन पनि जोगाउने सहमति शनिबारै भएको थियो ।
यद्यपी कांग्रेसले विश्वास नगरेका कारण दुवै दलले आइतबार बैठक राखेर निर्णय बुझाउने भनेपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको वार्ता अन्तिममा रोकिएको थियो ।
गठबन्धत भत्किँदा ठूलो क्षति हुने र आगामी तीनै तहका चुनाव एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि प्रचण्डर माधव नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए । यद्यपी दुवै पार्टीमा चरम अशन्तुष्टि छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply