१५ फाल्गुन २०७८, आईतवार ०७:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पल शाह प्रहरीको नियन्त्रणमा
१५ फागुन, तनहुँ । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाहलाई आइतवार मध्यान्ह प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकाले बलात्कार आरोपमा जाहेरी दर्ता गराएकी थिइन् ।
गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो । तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं उपस्थित भएका हुन् ।
पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो । थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
Leave a Reply