एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्दै
१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।
पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो ।
त्यसअघि नै ओली नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई सभामुखले मान्यता नदिएको भन्दै बैठकमा नाराबाजी गर्दै आएको एमालेले एमसीसी अनुमोदनको दिन पनि त्यसलाई जारी राखेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply