एमाले बागमती प्रदेश कमिटीको बैठक बस्दै, ओलीले सम्बोधन गर्ने
२६ फागुन,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठक बस्दैछ । काठमाडौंमा बिहीबार ११ बजेपछि शुरु हुने तेस्रो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले जानकारी दिए ।
एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठका अनुसार बैठकमा स्थानीय निर्वाचन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । उनले भने, विशेषतः स्थानीय निर्वाचनलाई केन्द्रित गरेर छलफल हुन्छ । राखेर एमालेले प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्तालाई निर्वाचन केन्द्रीत प्रशिक्षण दिइरहेको छ । एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निणर्य गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्ष दल एमाले चुनावलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply