भन्सार एजेन्टको परीक्षा स्थगित
२८ फागुन, काठमाडौं । आज दिउँसोका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ ।
उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा नहुने जनाएको छ ।
परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो ।
बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।
भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्षअघि रिट दायर गरेकी थिइन् ।
रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।
२२ जेठ २०७८ मा पनि कोरोना संक्रमणका कारण देखाएर परीक्षा स्थगित गरिएको थियो । त्यसपछि फेरि २९ माघ २०७८ का लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो ।
पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरूले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।
१७ चैत २०७७ मा भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply