साउदी अरबका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै
१ चैत, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने छन्।
भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ । परराष्ट्रमन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । भोलि दिउँसो उनी स्वदेश फर्कने बताइएको छ ।
सोमबार विदेशमन्त्री साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply