एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस
काठमाडौं । चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो । डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो ।
तीन महिनासम्म चेक नियन्त्रणमा राख्नु र कुनै कारबाही नगरी चेक फिर्ता गर्नु प्रहरी आचरण विपरितको काम हो । एसएसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ, समितिका एक सदस्यले भने ।
सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए । गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ ।
बैंक अफ काठमाडौं कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो ।
भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको बताएका थिए । चेकमा भएको हस्ताक्षर परीक्षण गर्ने बताए पनि पछि आफूलाई खबर नगरिएको बरालको गुनासो छ । एसएसपी सिंहले भने त्यतिबेला केही बिचौलियाहरुले उद्देश्य पूरा गर्न नसकेर आफ्नो बदनाम गराउन लागेको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply