पार्टीलाई प्रचण्डको कब्जामा जानबाट रोक्न संसद विघटन जरुरी थियो-ओली
९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी थियो भनेका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डका मान्छे एमालेमा ल्याउने र उनको भाँडो रित्तिएपछि पार्टी एकता गर्न आउने बताएका छन् । घनश्याम भुसालले संसद् विघटन गलत र पार्टी एकता एमालेकै पहलमा हुनुपर्ने धारणा राखिरहेका बेला ओलीको यस्तो जवाफ आएको हो ।
बैठकमा अध्यक्ष ओलीले भने पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो। यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्यो । प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त ।
बैठकमा अध्यक्ष ओलीले एमसीसी पास गर्छु भनेर कागज गर्ने, अर्कोतिर कार्यकर्ता उफार्ने प्रचण्ड जस्तासँग एमालेले वाम एकताको नाममा अर्को गल्ती नगर्ने बताए । उनले जनयुद्ध लडेकाहरूलाई समेत धोखा दिनेसँग यस्तै कुरामा अल्झिने हो भने पार्टी बलियो नहुने बताए ।
घनश्याम भुसाल लगायतका नेताहरूलाई ओलीले भने- हामी विभिन्न झमेलामा अलमलिएर हुँदैन। अब यतिकै डिबेटिङ सोसाइटी जस्तो गरेर हुँदैन । हाम्रो बहस भनेको नै परिवर्तनका लागि हो । हामी विचार,विधान र विधिमा आबद्ध छौँ । पार्टी विचार प्रतिकुल हुनेगरि कुनै विचार हुँदैन । एक्लै हिँड्ने काम नगर्नुस् यो ठिक तरिका होइन आफ्नो लयमा होइन पार्टीको लयमा सबै साथीहरू हिँड्नपर्छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply