एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई
११ चैत, धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए ।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।
पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन्,भट्टराईले भने, आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।
उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक विस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबीचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।
भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी समेत गरेका छन् ।
पार्टी विभाजन भएका बेला ६० प्रतिशत स्थानीय तहमा जित कसरी सम्भव छ ? भन्ने जिज्ञाशामा भट्टराइले भने, मुलुकको लोकप्रिय पार्टी भनेको नेकपा एमाले भएको कुरा देशभरी विभिन्न पार्टी परित्याग गरेर प्रवेश गरिरहेको जनलहरले पुष्टि गरेको छ । अन्य पार्टी माइनस हुँदा एमाले प्लस प्लस हुँदै गइरहेको छ यही हाम्रो जित्ने आधार हो।
गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक खालका दाउपेच गरेको भएपनि नेकपा एमाले, बुद्धिजिवी, पत्रकार र आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको दाबी समेत भट्टराइको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply