ओलीको दाबी: तराजुको एकातिर एक-एक किलोका पाँच ढक, एमाले क्विन्टल
१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै एमालेसँग लड्ने अब नेपालमा कुनै पनि पार्टीले सोच्नसम्म नसक्ने बताएका छन् । सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ ।
व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।
अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।
कतिपय साथीहरूलाई लाग्नसक्छ गठबन्धन गरेका छन् कतै अप्ठ्यारो पर्छ की ? उनले भने,मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एक-एक किलोका पाँचवटा ढक एकातिर क्विन्टलको ढक एकातिर राखे के हुन्छ ? उनले एमाले क्विन्टलको ढकजस्तो रहेको र अन्य दल एक किलोका ढकजस्तो रहेको बताए ।
पाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उनले दाबी गरे । उनले भने, हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ । पाँचजना थपिदैथपिदै आउनुभयो भने अलि बराबरबराबर लड्नपनि सजिलो हुन्छ सोझै लड्न पाइयो नि !
पाँचजना अलगअलग हुँदा निहुरिएर लडाईं गर्दा झ्याउ हुने पनि उनले बताए । पाँचजना भयो भने निहुरिएर बच्चाबच्चासँग कताकता लडाई गर्ने ? निहुरिएर लडाई गर्नुपर्छ, उनले भने ।
सत्ता गठबन्धनका दलहरूले गठबन्धन गर्ने भने पनि सजिलो भने नरहेको अध्यक्ष ओलीले बताए । उनले भने,यो त गठबन्धन भनेका हुन गठबन्धन गर्न सजिलो छैन् । लोभीपापीहरूको गठबन्धन बनाउन र जोगाउन गाह्रो हुने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply