तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
१७ चैत, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।
बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो । उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को विहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसीले लिखित जानकारी पाएलगत्तै बढुवा भएका डीआईजीहरूलाई दर्ज्यानी चिन्ह लगाउने काम अगाडि बढ्ने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply