अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिव झैं चलाउन खोजे : उपाध्यक्ष पौडेल
२७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए ।
राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो
राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो’ उनले भने ।
सरकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले बताए । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दावी छ ।
मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।
सरकारले यो निर्णय सच्याओस् अन्यथा, यो निर्णयमा सरकार कायम रहे मुुलुकको अर्थतन्त्र थप धरासायी हुन्छ’ उनले भने, जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो व्यक्ति महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापिन गर्ने प्रयासमाथिको हस्तक्षेप हो ।
सरकारले प्रणाली भत्काउन हस्तक्षेप गरेको उपाध्यक्ष पौडेलले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply