११ बैशाख २०७९, आईतवार ०६:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले कञ्चनपुरका ५ पालिका प्रमुखको टुंगो लगायो, ४ वटामा छलफल जारी
![एमालेले कञ्चनपुरका ५ पालिका प्रमुखको टुंगो लगायो, ४ वटामा छलफल जारी एमालेले कञ्चनपुरका ५ पालिका प्रमुखको टुंगो लगायो, ४ वटामा छलफल जारी](https://ebudhabar.com/wp-content/uploads/2022/04/uml-1024x525.jpg)
११ वैशाख, महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ ।
लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।
अन्य पालिकामा उम्मेदवार छनौट गर्न छलफल जारी छ ।
एमालेले भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ । बेलौरी नगरपालिकाको मेयरमा पल्लबराज भट्ट र कमला बोहराको दाबी छ ।
पुनर्वासमा फैरु तामाङ र बीरबहादुर थापा (पातल), बेलडाँडीमा अक्कल विष्ट, गणेश उपाध्याय आकांक्षी छन् । यी नामहरुमा छलफल चलिरहेको छ ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply