ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
११ वैशाख, ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।
जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो ।
सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ र उपाध्यक्षमा अम्मता राईलाई टिकट दिइएको छ ।
चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की उम्मेद्वार बन्ने छन् । चम्पादेवीको उपाध्यक्षमा सविला खतिवडालाई उम्मेदवार बनाउने वा अरु कसैलाई उठाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘क’ का इन्चार्ज अम्बिरबाबु गुरुङले बताए ।
मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको इन्चार्ज गुरुङले जानकारी दिए ।
यसैगरी चिशंखुगढी गाउँपालिका अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिता राईलाई उम्मेदवार बनाइएको छ।
७५ वटै वडाका वडा अध्यक्ष सहित सदस्यहरुको नाम टुङ्गो लागि सकेको नेकपा एमाले ओखलढुङ्गाका सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply