रुपन्देहीका स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार
११ वैशाख, बुटवल । नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरी देवी चौधरी उम्मेदवार चयन भएका छन् ।
सैनामैना नगरपालिकाको मेयरमा हालका मेयर चित्रबहादुर कार्की र उपमेयरमा बिना रानालाई नै दोहो¥याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।
त्यसैगरी देवदह नगरपालिका मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो ।
सिद्धार्थनगर नगरपालिका मेयरमा डा. रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारी उम्मेदवार चयन भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयरमा रमावती यादव र उपमेयरमा कल्पना हरिजनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी हुन् ।
१० गाउँपालिकामा को को ?
एमालेले जिल्लाका १० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार ओमसतिया गाउँपालिका अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद उम्मेदवार बन्ने भएका छन् ।
रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे उम्मेदवार बन्ने भएका छन् । मन्जित र सनोज दुई महिनाअघि जनता समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् । सनोज यसअघि पनि अध्यक्ष निर्वाचित थिए ।
यस्तै मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध उम्मेदवार बन्ने भएका छन् ।
यस्तै कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी,गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा गोकर्णबहादुर क्षेत्री र उपाध्यक्षमा गोमा तरामु उम्मेदवार बन्ने भएका छन् । कञ्चनका दुबै जना हालका अध्यक्ष र उपाध्यक्ष हुन् ।
यस्तै शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ उम्मेदवार बन्ने भएका छन् । चौधरी, थारु र गुरुङ यसअघि पनि सोही पदमा निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply