शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, हेलिकप्टरबाट हालियो पानी
१३ वैशाख, काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ ।
डढेलो नियन्त्रणका लागि हेलिकप्टररबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो एसपी मैनालीले भने, ‘अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।
एसपी मैनालीका अनुसार अहिले साँझ परेकाले हेलिकप्टररबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जंगलमा आगलागी हुँदा हेलिकप्टररबाट पानी हालिएको थियो ।
मंगलबार एकैदिन थप दुई ठाउँमा पनि डेढलो लागेको थियो । प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जंगलमा लागेको आगो दुई वटा दमकल, सोह्रखुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
टोखामा विष्णुमति नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएको थियो । तर प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तीनवटै आगलागीको कारण खुलेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply