आचारसंहिता उल्लंघन : कांग्रेस नेता कोइराला लगायतलाई निर्वाचन आयोगले गरायो सचेत
१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले उनीहरुलाई सचेत गराएको हो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको तर केही साताअघि कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।
जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौति दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन, आयोगको निर्णयमा भनिएको छ, निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन । आयोगले उनलाई आचारसंहितामाथि अनास्था पैदा हुने अभिव्यक्ति नदिन सचेत गराउँदै त्यसको जानकारी नेपाली कांग्रेसलाई पनि पठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराएको छ । उनले पनि निर्वाचन खर्चका वारेमा प्रतिक्रिया दिएका थिए । उम्मेदवार भई निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन’ आयोगले निर्णयमा भनेको छ, निर्वाचन खर्चको अभिलेख अनुसारको रकम र हाल व्यक्त गर्नुभएका अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ । अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply