ओलीको कटाक्ष : मान्छेलाई रिस उठेपछि ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्थे

२५ वैशाख, बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले-पहिले मान्छेलाई रिस उठे ‘तेरा घरमा कांग्रेस पसोस्’ भनेर सराप्ने गरेको स्मरण गराएका छन् ।
आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् । उनले एमालेको सरकार आएपछि मात्रै जनतामा आशा पलाएको बताए ।
अहिले त मान्छेहरुले एमालेले सरकार चलाएको हुनाले आशा भरोसा पलाएको छ, ओलीले भने । पहिले-पहिले त के भन्थे मान्छेहरु, छिमेकीसँग रिस उठ्यो भने, बेस्सरी झगडा भयो भने सरापिदिन्थे, तेरा घरमा कांग्रेस पसिजाओस भनेर, उनले भने, यस्तो समय थियो, साह्रै रिस उठेपछि के भनेर सराप्ने भन्दा तेरा घरमा कांग्रेस पसोस् भन्थे, मैले यसै भनेको होइन ।
ओलीले कांग्रेसका नेताहरुले खुलेआम आफ्नो पार्टी सुकुम्बासी र गरिबको होइन भन्दै हिंडेको आरोप लगाएका छन् । ‘कांग्रेसका नेताहरु खुलेआम भन्छन्, ‘कांग्रेस गरिबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भनेर, उनले भने, ‘युट्युबमा खोजेर हेरे हुन्छ, कांग्रेसका नेताहरु भन्छन गरिबको पार्टी होइन भनिराख्या छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply