ओलीको कटाक्ष : मान्छेलाई रिस उठेपछि ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्थे
२५ वैशाख, बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले-पहिले मान्छेलाई रिस उठे ‘तेरा घरमा कांग्रेस पसोस्’ भनेर सराप्ने गरेको स्मरण गराएका छन् ।
आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् । उनले एमालेको सरकार आएपछि मात्रै जनतामा आशा पलाएको बताए ।
अहिले त मान्छेहरुले एमालेले सरकार चलाएको हुनाले आशा भरोसा पलाएको छ, ओलीले भने । पहिले-पहिले त के भन्थे मान्छेहरु, छिमेकीसँग रिस उठ्यो भने, बेस्सरी झगडा भयो भने सरापिदिन्थे, तेरा घरमा कांग्रेस पसिजाओस भनेर, उनले भने, यस्तो समय थियो, साह्रै रिस उठेपछि के भनेर सराप्ने भन्दा तेरा घरमा कांग्रेस पसोस् भन्थे, मैले यसै भनेको होइन ।
ओलीले कांग्रेसका नेताहरुले खुलेआम आफ्नो पार्टी सुकुम्बासी र गरिबको होइन भन्दै हिंडेको आरोप लगाएका छन् । ‘कांग्रेसका नेताहरु खुलेआम भन्छन्, ‘कांग्रेस गरिबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भनेर, उनले भने, ‘युट्युबमा खोजेर हेरे हुन्छ, कांग्रेसका नेताहरु भन्छन गरिबको पार्टी होइन भनिराख्या छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply