५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
५ जेठ, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पाँच वर्षअघिको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । ७५३ मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो ।
जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।
त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२४ को स्थानीय तहको उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ ।
जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ । सार्वजनिक नतिजामा जितपुर-सिमरा, घोराही उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका रहेका छन् । अझै ६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम बाँकी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply