बालेनको अग्रता कायमै, केशवसँग सिर्जनाले घटाइन् मतान्तर
७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् । मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ ।
यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ५ हजार ४८७ मत पाएका छन् ।
यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply