१७ हजार बढी भोटले बालेन्द्रको अग्रता कायमै, सिर्जनाले स्थापितलाई उछिनिन्
८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।
आज बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् ।
काठमाडौं महानगरमा आइतबार बिहानसम्म १ लाख ६ हजार ३५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।
सिर्जना सिंहले केशव स्थापितलाई २९१ को मतान्तरले पछि पारेकी छन् । वालेन्द्रले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर बनाएका छन् । काठमाडौं महानगरपालिकाको ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply