गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
१० जेठ, सिराहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए ।
उपमेयरमा पनि एमालेकै मान्ती साह २०६० मतान्तरले विजयी भएकी छिन् । उनले ७७०३ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयरसमेत रहेकी माओवादीकी रेशम कुमारी थापाले ५६४३ र कांग्रेसकी शान्ती सदायले ४९६५ मत पाइन् ।
यससंगै सिराहाका १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते गोलबजार नगरपालिका ११ मा वर्षाको कारणले करिब ४ सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा पनु: मतदान भएकोले नतिजा आउन केही ढिला भएको हो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply