जनताको शासक होइन सेवक बन्न तत्पर छु – सुनिता डंगोल
१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
विजय र्याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।
जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्, त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।
युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply