गठबन्धनको मोहले गगन थापाको मानवता हराउन लागेको भान भयो : शान्ता चौधरी
१४ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कांग्रेस महामन्त्री गगनकुमार थापाको टिप्पणीमाथि खण्डन गरेकी छिन्।
प्रतिनिधिसभाको बैठकमा थापाले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले ‘गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ भनेकी हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा कुर्सीमा बसेर रोष्ट्रममा झण्डै ३ घन्टा सम्बोधन गरेका थिए। स्वास्थ्यवस्था प्रतिकुल भएको भन्दै उनले कुर्सीमा बसेर सम्बोधन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति पनि लिएका थिए।
त्यसप्रति कटाक्ष गर्दै शुक्रबारको बैठकमा थापाले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै रन्थनिएको बेलामा जसरी बोलेपनि हुने बताएका थिए।
थापालाई जवाफ दिँदै चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु, तपाई प्रती नेपाली जनताले ठूलो आसा र भरोसा राखेको छ, तर तपाइँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरा लाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढङ्गले बोल्दा तपाइमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply