फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुन्छ : प्रहरी प्रमुख
१९ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् ।
हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।
प्रहरी महानिरीक्षक सिंहले प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताए । कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ, सिंहले भने, अहिले प्रहरीलाई जाहेरी लिनै पर्ने बाध्यात्मक अवस्था छ, पक्राउ गर्ने नगर्ने भन्ने चाहीँ अनुसन्धानबाट टुंगिने विषय हो ।
उनले विगतका नेतृत्वले ल्याएका सबै योजना अब्बल भए पनि प्रभावकारी कार्यान्वयनको अभाव भएको बताउँदै आफूले कार्यान्वयनमा ध्यान दिने जनाए ।
बाँकी रहेका निर्मला हत्या प्रकरण जस्ता जघन्य अपराधका घटनामा पनि मेरो ध्यान हुनेछ, उनले भने, प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइनेछ । ब्याचलाई नै उछिनेर कसैलाई ल्याइनेछैन ।
पत्रकार सम्मेलनमा सिंहले प्रहरी कर्मचारका लागि घट्दो संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पनि पहल गर्ने बताए । उनले भने, यसका लागि प्रहरीको कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम थालिसकेका छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply