चुनावमा गठबन्धनको घेरा तोड्दा अलिकति घाइते हुन पुग्यौं : योगेश भट्टराई
२२ जेठ, ताप्लेजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्दा अलिकति घाइते हुनुपरेको बताएका छन् ।
गृह जिल्ला ताप्लेजुङमा आज निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए ।
जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्यांकन गर्दा यो पटक पार्टीमा सबैभन्दा बढी अन्तरघात भएको आफूले पाएको पनि उनले बताएका छन् ।
पार्टीमा बसेर अन्तर्घात गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । उनले भने, मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तरघात भन्छन् हो त्यस्तो यत्ति ठूलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ । उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुई/चार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिएका छन् । इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्, भट्टराईले भने, हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।
दोस्रो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अब सिक्दैछौं भन्ने छुट नभएकाले काम गरेर देखाउन आग्रह गरे । उनले उपभोत्ता समिति सबैभन्दा धेरै विवादमा परेका र त्यसमा जनप्रतिनिधि जोडिएकाले ठेक्का प्रक्रियामा जान पनि जनप्रतिनिधलाई निर्देशन दिए ।
प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए । कहिल्यै संगठन र प्रशिक्षण नगर्ने काग्रेस संगठन र प्रशिक्षणमा लागेकाले तर सिकाउने एमाले कार्यकर्ताले त्यसलाई गति दिन नसकेको उनको गुनासो थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply