२३ जेष्ठ २०७९, सोमबार ०१:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रतिनिधिसभा बैठक बस्दैै : विनियोजन विधेयकमाथि छलफल हुने
![प्रतिनिधिसभा बैठक बस्दैै : विनियोजन विधेयकमाथि छलफल हुने प्रतिनिधिसभा बैठक बस्दैै : विनियोजन विधेयकमाथि छलफल हुने](https://ebudhabar.com/wp-content/uploads/2021/09/samsad-bhawan-1024x576.jpg)
२३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११ औं अधिवेशनको १६ औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ’यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्नेछन् । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ’फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply