एमालेको चुनावी समीक्षा : देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं
३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।
सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष निकालेको छ । सरकारले नै निर्वाचनको स्वच्छता, पवित्रतालाई दूषित बनाउने काम गरेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रक्रियामा देखिएका विकृतिहरुप्रति गहिरो चिन्ता छ ।
चुनावी परिणामबारे भने एमालेको दुईथरि विश्लेषण छ । पालिका प्रमुख र उपप्रमुखमा २०७४ भन्दा कमजोर भएको भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यो अपेक्षित होइन ।
यसका केही बाह्य र केही आन्तरिक कारण भएको एमालेको निश्कर्ष छ । पार्टीविरुद्ध गठबन्धन, चुनावमा सत्ताको दुरुपयोग जस्ता विषयलाई बाह्य कारण भनेको एमालेले समयमा उम्मेदवार चयन गर्न नसक्नु, आकांक्षीहरुको सही व्यवस्थापन नहुनु, निर्वाचन परिचालनमा कुशलता देखाउन नसक्नु जस्ता विषयलाई आन्तरिक कारण मानेको छ । केही ठाउँमा घात अन्तर्घात भएको भन्दै एमालेले प्रमाणित भएकाहरुलाई सम्बन्धित कमिटीले कारबाही गर्ने बताएको छ ।
प्रमुख, उपप्रमुख, वडाध्यक्षमा पार्टीका उम्मेदवारले पाएको मत र समग्र मत हेर्दा एमालेले ३४ प्रतिशत पपुलर भोट पाएको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘यावत घेराबन्दी, सत्ताको दुरुपयोगका बाबजुद एमाले देशको प्रमुख शक्ति हो भन्ने निर्वाचनबाट स्थापित भएको छ । यसप्रति हामी गर्व गर्छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply