परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलायो

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।
समितिले शुक्रबार विहान ९ बजे छलफलका लागि बोलाएको हो । प्रधानमन्त्रीको अमेरिका भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बोलाएको संसदीय समितिले जनाएको छ ।
अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको जनाइएको छ । शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानसेनापति शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आमन्त्रण गरिएको सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
अहिलेको परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा भएका विभिन्न कुराहरु छन् । त्यसैगरी एसपीपीको कुराहरु पनि छ । प्रधानसेनापतिको विदेश भ्रमणको कुरा छ । यो के हो भनेर बुझ्नलाई हामीले बोलाएका छौं, उनले भनिन् ।
सभापति खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताएकी छन् । समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता डा. भीम रावल, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस सचेतक पुष्पा भुसाललगायत सदस्य छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply