परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलायो
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।
समितिले शुक्रबार विहान ९ बजे छलफलका लागि बोलाएको हो । प्रधानमन्त्रीको अमेरिका भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बोलाएको संसदीय समितिले जनाएको छ ।
अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको जनाइएको छ । शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानसेनापति शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आमन्त्रण गरिएको सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
अहिलेको परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा भएका विभिन्न कुराहरु छन् । त्यसैगरी एसपीपीको कुराहरु पनि छ । प्रधानसेनापतिको विदेश भ्रमणको कुरा छ । यो के हो भनेर बुझ्नलाई हामीले बोलाएका छौं, उनले भनिन् ।
सभापति खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताएकी छन् । समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता डा. भीम रावल, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस सचेतक पुष्पा भुसाललगायत सदस्य छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply