अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा एमालेको अवरोध
३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक अवरोध गरेका छन् ।
बैठकमा आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाएका छन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने बताए ।
त्यसबाहेक प्रतिनिधिसभामा सो विषयमा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरिएको कुरालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply