इच्छाराज छुटाउन वकिल–न्यायाधीश २ करोड बार्गेनिङ : न्यायपरिषद्ले थाल्यो छलफल
८ असार, काठमाडौं । साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषयमा न्यायपरिषदमा छलफल हुने भएको छ।
अधिवक्ता रुद्र पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषदको बैठक बोलाएका छन्। अहिले बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने कार्यसूची रहेको एक सदस्यले जानकारी दिए।
उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका छन्।
अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका छन्।
न्याय परिषदले बैठकबाट यस बारे थप छानविनको निर्णय लिने संभावना छ। अडिओमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोड धरौटीमा छाड्ने आदेश गरे २ करोड रुपैयाँ घुस आउने बताएका छन्।
उक्त आदेश उच्च अदालतबाट नउल्ट्याउने सेटिङ पनि मिलाउने उनको कुरा छ। अडिओमा न्यायाधीश कोइरालाले यो विषय सार्वजनिक भए आफ्नो जागिर जान सक्ने आशंका गरेका छन्। तर चोलेन्द्रबाटै संकेत आए छाड्न सकिने आसय उनको सुनिन्छ।
सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्व सांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त ठगी प्रकरणमा १२ जना पक्राउ परेका थिए। ४२ जनालाई प्रतिवादी बनाइएको थियो।
जसअनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो। अन्यलाई पनि धरौटी माग गरेर छाडिएको छ।
मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो।
उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो।
उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply